चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
बिहीबार, २८ चैत २०८१, १४ : २३
_LX036URWnc.jpg)
काठमाडौँ । सरकारले हालसम्म ५२ प्रतिशत बजेट खर्च गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेकोमा करिब ९ महिनाको अवधिमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ ।
‘हालसम्म चालु वर्षको कुल बजेटको ५२.५७ प्रतिशत खर्च भएको छ ,’ उनले भने,’ उनले भने, ‘यसमध्ये, चालु खर्च तर्फ ६ खर्ब ६५ अर्ब ६३ करोड ५२ लाख अर्थात् ५८.६३ प्रतिशत भएको छ । र पुँजीगत खर्च ९८ अर्ब ८५ करोड ३० लाख२८.०३ प्रतिशत खर्च भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन