काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।
_LdGGff1AYO.jpg)
अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए ।
_nyYk4kgeS8.jpg)
स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने मिश्रले बताए । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्त्वपूर्ण योगदान पुर्याउने जिकिर गरे ।
_fYG78tadou.jpg)
त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ । महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी बने । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।
_UNHJagELUv.jpg)
_pIj7n0jwmw.jpg)
_pj714dEI0e.jpg)
_yZAEZd23mV.jpg)
_lp2WE5HZV2.jpg)
_8CAYiVUCeM.jpg)
_hdyL7XVlqr.jpg)
_iOHJgV25kh.jpg)
_XaKK6Up4oI.jpg)
_PlRKNKBhMa.jpg)
_TH5ggjyuGF.jpg)
_4MbSOpYhKu.jpg)
_CezroQa4MS.jpg)
_SzuY1Imki2.jpg)
_HPInL3sYfr.jpg)
_3E8bIF5JXp.jpg)
_gPJ9tTZNut.jpg)
_sEsPvrk5NG.jpg)
_r9E2AaJoNn.jpg)
_OoXRoQVWfi.jpg)
_b4HPzsYrDR.jpg)
_6tkFi1qX6o.jpg)
_QQ0rMMiRBI.jpg)
_YQl4Os12oe.jpg)
_bNfexUovh0.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
१ प्रतिक्रिया