कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पार्टीको १५ औँ महाधिवेशन सार्ने पक्षमा देखिएका छन् । थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएर महाधिवेशनको मिति सार्ने पक्षमा आफू रहेको सन्देश दिएका हुन् ।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । पार्टी विधान अनुसार १५ औँ महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ । तर, थापाले बिहीबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ अन्तगर्तको प्रदेश सम्मेलनमा महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएका हुन् ।
प्रदेश सम्मेलनमा थापाले भने, ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ ।’ महामन्त्री थापाले २०८२ मंसिरमै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए । अहिले भने उनको बोली फेरिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गत फागुन २ गते बसेको संस्थापन पक्षीय ११ नेताहरूको बैठकले महाधिवेशन एक वर्ष सार्ने अनौपचारिक रूपमा सहमति गरेको थियो ।
आफूलाई १४ औँ महाधिवेशनमा सहयोग गरेका नेताहरूसँग सभापति देउवाले कांग्रेससँग सत्ता सहकार्य गर्दा भएको सहमतिमा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने उल्लेख गरेको र त्यो समय २०८३ असार ३० गते भएकाले त्यसबेलासम्म महाधिवेशनको प्रक्रिया सुरु नगर्ने प्रस्ताव राखेका थिए ।
२०८३ साउनबाट प्रक्रिया सुरु गरेर मंसिरमा महाधिवेशन गर्ने उनको प्रस्ताव थियो । त्यो प्रस्तावलाई नेताहरूले सहर्ष स्वीकारेका थिए । वैठक सकिएपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस महाधिवेशन एक वर्ष सार्ने विषयमा कुराकानी भएको र अब बस्ने केन्द्रीय समितिमा त्यो प्रस्ताव जाने बताएका थिए ।
वर्तमान कार्यसमितिमा देउवा ८० प्रतिशत बढी मत अगटेर बसेका छन् । तै पनि महामन्त्री थापाले अनौपचारिक रूपमा आएको महाधिवेशन सार्ने प्रस्ताव स्वीकार्य नहुने बताउँदै आएका थिए ।
अहिले आफू असहमत भए पनि विधानमा भएको व्यवस्था बमोजिम देउवाले एक वर्ष म्याद थप्ने बुझेर २०८३ सम्म १५ औँ महाधिवेशन हुने सार्वजनिक रूपमै बताएका छन् ।
यसले संस्थापन पक्षीय नेताहरू भने महामन्त्री थापा पनि आफूहरूको लाइनमा आएको बताउन थालेका छन् ।
कांग्रेसमा इतर समूहका नेता डा.शेखर कोइरालाले भने महाधिवेशन विधानमा भएको व्यवस्था बमोजिम नै हुनुपर्ने बताउँदै आएका छन् । केन्द्रीय समितिको बहुमतमा सार्न नपाइने उनको भनाइ रहँदै आएको छ ।
थापा निकटस्थ नेताहरूका अनुसार उनले आगामी महाधिवेशनमा सभापतिको लागि आन्तरिक रूपमा तयारी गरिरहेका छन् । तर, बाहिर भने घोषणा गरिसकेका छैनन् ।
सभापति देउवालाई नचिढ्याउने र सकभर उनको समर्थन लिने मनसायले थापाको यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन् । पछिल्लो समय महामन्त्री थापा र सभापति देउवा नजिकिएका छन् । १४ औ महाधिवेशनमा इतर समूहका नेता डा कोइरालाको प्यानलबाट महामन्त्री जितेका थापाको अहिले डा कोइरालासङ्ग सम्बन्ध सुमधुर नभएको उनीहरू नजिकका नेताहरू बताउँछन् ।
त्यसैको प्रतिक्रियास्वरुप डा कोइरालाको भनाइ विपरीत महामन्त्री थापाको भनाइ आएको हुन सक्ने पनि एकथरि नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण