थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
काठमाडौँ । थाइल्यान्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । चैत २६ मा थाई एयरलाइस्को उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी नारायण अधिकारीले रातोपाटीलाई बताए ।
उनको साथबाट ब्युरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ । थाइल्यान्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा रहेका थाइल्यान्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक थाइल्यान्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गरेर गल्फ कन्ट्रीहरूमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण