मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ

बिहीबार, २८ चैत २०८१, १४ : ५३
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । थाइल्यान्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । चैत २६ मा थाई एयरलाइस्को उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी नारायण अधिकारीले रातोपाटीलाई बताए ।

उनको साथबाट ब्युरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ । थाइल्यान्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा रहेका थाइल्यान्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक थाइल्यान्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गरेर गल्फ कन्ट्रीहरूमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप