सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
मुख्यमन्त्रीको एक वर्षे उपलब्धि

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)

बिहीबार, २८ चैत २०८१, १६ : २४
बिहीबार, २८ चैत २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले उपलब्धि सार्वजनिक गरेका हुन् । 

०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले उनलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ । 

कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताए ।

‘नयाँ नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महत्त्वपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उनले भने । 

यी हुन् कँडेलले एक वर्षमा गरेका प्रमुख कार्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप