‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ ।
सार्वजनिक पोस्टरले फिल्म भित्र राज र सनिषालाई रोमान्टिक जोडीको रुपमा हेर्न सकिने बुझ्न सकिन्छ ।
चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो फिल्मबाट उदाउने दाउमा छन् । फिल्ममा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् ।
फिल्मका लागि राजले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ ।
फिल्मको फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको यो फिल्मको नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई स्थान दिइएको नयाँ पोस्टर सार्वजनिक भएपछि दर्शकमा उत्साह अझै बढ्ने देखिन्छ । फिल्म एक्सनसँगै रोमान्टिक जनरामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण