विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । विशेष अदालत काठमाडौंको फैसला चित्त नबुझेपछि १२ वटा मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसला उपरअख्तियारले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरु साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लि.का लागि नागरिक लगानी कोषका प्रतिनिधी सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेण्ट वैंकिङ एण्ड फाईनान्स लि. का संचालक अध्यक्ष बसन्त मल्ल समेतका प्रतिवादीहरु उपर नागरिक लगानी कोषको समेत लगानी रहेको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट एन.बि.डि.एस. सुपरमार्ट प्रा.लि.का सञ्चालक अनोज श्रेष्ठलाई बैंकिङ प्रक्रिया विपरित प्रवाह भएको कर्जा स्वीकृत गर्ने कार्यमा संलग्न रही रु.३ करोड ८७ लाख ९४ हजार ७ सय २४.५४ हिनामिना तथा हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको कसुरमा रु.३,८७,९४,७२४.५४ बिगो कायम गरी उक्त बिगो ऐ. दफा १७ बमोजिम नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.लाई भराई सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद समेत हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८० को फागुनको फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर बिहीबार २८ सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरु साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लिमिटेडका लागि नागरिक लगानी कोषका प्रतिनिधी सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेण्ट वैंकिङ एण्ड फाईनान्स लि.का संचालक अध्यक्ष बसन्त मल्ल समेतका प्रतिवादीहरु उपर नागरिक लगानी कोषको समेत लगानी रहेको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋणी रविन लामालाई ऋणीको हैसियत भन्दा बढी ऋण दिई बैंकिङ प्रक्रिया विपरित कर्जा स्वीकृत गर्ने कार्यमा संलग्न रही रु.२ करोड १ लाख ९४ हजार ५ सय ५६.३९ हिनामिना तथा हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको कसूरमा सो रकम बिगो कायम गरी उक्त बिगो सहित कैद समेत माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८० फागुनको फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर आज सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरू बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या,रिता बादे श्रेष्ठ सेवाचार्य, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य समेतका प्रतिवादीहरु उपर नागरिक लगानी कोषको समेत लगानी रहेको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋणी भैरब प्रसाद भेटवाललाई बैंकिङ प्रक्रिया विपरित प्रवाह भएको कर्जा स्वीकृत गर्ने कार्यमा संलग्न रही रु.११ लाख ५४ हजार ७ सय ८.५९ हिनामिना तथा हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको सो बराबर कसूर बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८० फाुगनमा गरेको फैसलाबाट सफाई दिएकोमा उक्त फैसलाउपर आज सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण