तीनकुने घटना
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
प्रसाईंलाई भारतीय प्रहरीले नेपाली सीमासम्म ल्याएको दाबी
बिहीबार, २८ चैत २०८१, २३ : २८

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ । सो समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन् ।
विज्ञप्तिमा प्रवक्ता नेपालले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।
प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नुभएको समेत विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की