दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो जित निकालेको छ । बिहीबार राती भएको खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो ।
यो जितसँगै दिल्लीको चार खेलबाट आठ अंक भएको छ । जारी प्रतियोगितामा दिल्ली मात्रै हालसम्म अपराजित छ । यद्यपि, रनरेटका आधारमा दिल्ली शीर्ष स्थानको गुजरात टाइटन्ससँग पछि परेको छ । एक खेल बढी खेलेको बैंग्लुरु ६ अंक मात्रै छ ।
यसअघि बैंग्लुरु राजस्थान रोयल्ससँग ५० रनले हारेको थियो । बिहीबार बैंग्लुरुले प्रस्तुत गरेको १६४ रनको चुनौति पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।
दिल्लीलाई जित दिलाउन मध्यक्रमका राहुलले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए । ५३ बल खेलेका उनले सात चौका र ६ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्स २३ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा अविजित रहे ।
कप्तान अक्षर पटेलले १५ रनमा बनाउँदा फाफडु प्लेस, जेक फ्रेजर र अभिषेक पोरेल खासै चल्न सकेनन् । बैंग्लुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । यश दयाल र सुयश शर्माको नाममा समान एक-एक विकेट रह्यो ।
एम चिन्नास्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको थियो ।
बैंग्लुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए । कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यले दोहोरो स्कोर गर्न सकेनन् ।
बलिङतर्फ दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई–दुई विकेट लिए । मुकेश कुमार र मोहित शर्माले एक–एक विकेट हासिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण