पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता दक्षिणपर्वी एसियाको भ्रमणमा जाँदैछन् । चीन र अमेरिकाबिच ट्यारिफ युद्ध भड्किरहेको समयमा सीको यो भ्रमण हुन लागेको हो ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अपिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन् । उनको यो भमण १४ अपिलमा भियतनामबाट सुरु हुनेछ ।
त्यसपछि उनी मलेसिया र कम्बोडिया जानेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाम, मलेशिया र कम्बोडियाबाट आउने सामानमा क्रमशः ४६ प्रतिशत, २४ प्रतिशत र ४९ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
तर अहिलेका लागि यो करलाई ९० दिनसम्मका लागि स्थगित गरिएको छ । यस अवधिमा यी सबै देशबाट आयात गरिने सामानमा १० प्रतिशतको न्यूनतम भन्सार महसुल चाँहि लाग्नेछ ।
यसैबिच अमेरिकाले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल बढाएर १४५ प्रतिशतमा पुर्याएको छ । उता, चीनले पनि अमेरिकाबाट आउने सामानमा ८५ प्रतिशत महसुल लगाएको छ । अमेरिकाको जबरजस्ती सामु झुक्नुको सट्टा अन्तसम्म लडन छाहने चीनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण