विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
शुक्रबार, २९ चैत २०८१, १३ : ०३
नयाँ दिल्ली । एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ । विमान अवतरण गराए लगत्तै ती पाइलटको मृत्यु भएको हो ।
नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराएपछि अन्य औपचारिकता पूरा गरिरहेको समयमा पाइलट अरमानले असजिलो महसुस गरेका थिए ।
केही बेरमै उनी बेहोस भएर ढलेको बताइएको छ । उनलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
पाइलट अरमानका सहकर्मीका अनुसार उनले ककपिटमै बान्ता गरेका थिए । एयर इन्डिया एक्सप्रेसले भने अनावश्यक अड्कलवाजी नगर्न आग्रह गर्दै पाइलटको निधनमा दुःख प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण