विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
शुक्रबार, २९ चैत २०८१, १३ : ०३

नयाँ दिल्ली । एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ । विमान अवतरण गराए लगत्तै ती पाइलटको मृत्यु भएको हो ।
नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराएपछि अन्य औपचारिकता पूरा गरिरहेको समयमा पाइलट अरमानले असजिलो महसुस गरेका थिए ।
केही बेरमै उनी बेहोस भएर ढलेको बताइएको छ । उनलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
पाइलट अरमानका सहकर्मीका अनुसार उनले ककपिटमै बान्ता गरेका थिए । एयर इन्डिया एक्सप्रेसले भने अनावश्यक अड्कलवाजी नगर्न आग्रह गर्दै पाइलटको निधनमा दुःख प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत