सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
काठमाडौँ । ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’को उपाधि शिर्ष उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले जितेकी छन् ।
बिहीबार अबेर साँझ ललितपुरको च्यासलस्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड पनि हात पारिन् ।
प्रतिस्पर्धामा धादिङकी ब्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अपको उपाधि जित्दा धरानकी ब्युटिसियन स्मृति सुब्बाले १० हजार रुपैयाँसहित सेकेन्ड रनर अपको उपाधि प्राप्त गरिन् । स्मृतिले वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि पनि हासिल गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित प्रतियोगीताको ग्रान्ड फिनालेको निर्णायकमा गणेशमान सिंह प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुली, अभिनेता यसराज गराच, फेशन डिजाइनर तथा पूर्व मिसेस् युनिभर्स नेपाल मनीषा डंगोल श्रेष्ठ, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर अश्विनी कान्त, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर र अग्रज ब्युटिसियन निशा शाक्य थिए ।
आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकासको लागि विगत ८ वर्षबाट नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण