सहकारी ठगी प्रकरण
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, २९ चैत २०८१, १४ : ४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।
लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?