दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने बताएका छन् ।
नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले प्रतिगामी तत्त्व र राजावादीको कुनै भविष्य नभएको दाबी गर्दै राजनीतिक दलहरूले नै मुलुकलाई अगाडि बढाउने दाबी गरे ।
देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । पौडेलले लुम्बिनी प्रदेशमा प्रधानमन्त्री केपी ओली धेरै विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटन गरेको बताउँदै ओलीकै नेतृत्वमा मुलुकमा धेरै विकास भएको दाबी गरे ।
सभामा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वको साख गिर्न नदिने गरी सबै पार्टी पङ्क्तिले साथ दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण