वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
शुक्रबार, २९ चैत २०८१, १६ : १८
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१ औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रूपमा सदुपयोग गर्ने वातावरण बनाइने बताएका हुन् ।
वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतका विषयलाई सरकारले विशेष ध्यान दिने उनले बताए । उनले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको सङ्ख्या उतिकै रहेकाले फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सङ्घको साधारण सभाले नयाँ नेतृत्व सचेत चयन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण