प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
काठमाडौँ l नेपाली भाषाशास्त्र विज्ञ, लोक सांस्कृतिक विश्लेषक, कवि एवम् गीतकार प्रा. डा. मोहनप्रसाद तिमल्सिनाको व्यक्तित्व र कृतित्व झल्कने सामग्री समेटिएका ‘प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ’को लोकार्पण गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गरेका हुन् ।
मन्त्री अधिकारीले प्राडा तिमल्सिनाको धादिङमा मात्रै नभएर मुलुकमै भाषा, साहित्य तथा शिक्षाको विकासमा अतुलनीय योगदान रहेको बताए । उनले जिल्लाका अन्य स्थानीय तहले समेत प्राडा तिमल्सिनाजस्तै अनुकरणीय व्यक्तित्वहरुको यसरी नै सम्मान गर्न सके नयाँ पुस्तालाई प्रेरणा मिल्ने विचार पनि व्यक्त गरे l
अभिनन्दन ग्रन्थ धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रकाशन गरेको हो l प्राडा तिमल्सिना सोही गाउँपालिकाका वडा नं. ४ सल्यानकोट, काफलडाडाका स्थायी बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका प्राडा तिमल्सिनाले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएका योगदानको कदर गर्दै अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले प्राडा तिमल्सिनाजस्ता मूर्धन्य व्यक्तित्वको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन गर्न पाउनु समग्र गाउँपालिकाकै लागि गौरवको विषय भएको बताए ।
कार्यक्रममा लोक सांस्कृतिविद् नन्दकृष्ण जोशी, कलाकार एवम् कवि शैलेन्द्र सिम्खडा, शिक्षाविद् हरिविनोद अधिकारी र हरिसिंह केसी, नेपाली कांग्रेस धादिङका नेताहरु तिलक रुवाली र बासु तिमल्सिनालगायतका वक्ताहरुले प्राडा तिमल्सिनाको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
अभिनन्दन ग्रन्थमा प्राडा तिमल्सिनालाई राम्ररी चिनेका २४ जनाले लेखेका उनको बाल्यकालदेखि हालसम्मको जीवन गाथा झल्कने २४ वटा सामग्री छापिएका छन् ।
अभिनन्दन ग्रन्थको सम्पादन प्राडा तिमल्सिनाका शिष्यहरु डा. नवीनबन्धु पहाडी, डा. मुरारी अधिकारी र डा. मोहनबहादुर कँडेलले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण