पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
पोखरा । पोखरामा हुने नयाँ वर्ष महोत्सवमा भक्तपुरको विस्केट जात्रा देखाइने भएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा विस्केट जात्रालाई निम्त्याइएको आयोजक होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
होटल संघले चैत ३० देखि बैशाख १ गतेसम्म २० औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्न लागेको हो ।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने छ भने बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि समेटिएका सुवेदीले बताए ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने महोत्सवमा प्रवेश निशुल्क छ ।
पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सवमा समेटिने उनले सुनाए । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो पुर्व निर्धारित दररेटमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । पर्यटकीय सिजनमै अकुपेन्सी अपेक्षाकृत नभएपछि व्यवसायी चिन्तित छन् ।
अहिले ६० प्रतिशत अकुपेन्सी छ भने महोत्सवका बेला ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण