पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
विराटनगर । ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन कोशी प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी सुरक्षा जाँच कार्ड स्टिकर वितरण सुरु गरेको छ ।
विराटनगरस्थित रानी नाकाबाट प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सुरक्षा जाँच स्टिकर टाँसिएको भारतीय पर्यटक बोकेको सवारी साधनलाई बिना कुनै झन्झट पर्यटकीय गन्तव्यसम्म सुरक्षित पुर्याउने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । उक्त स्टिकर भने अस्थायी हुनेछ ।
कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्टीकर टाँसको व्यवस्थाले भारतीय पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे । कोशी प्रदेशको पर्यटन वर्षको गत बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।
जसलाई सफल बनाउनका लागि सरकारले पर्यटकलाई विना झन्झटिलो व्यवस्था हटाउन स्टिकर टाँस अभियान चलाएको हो । यो अभियान प्रदेशभरको सबै भारतीय नाकाहरुमा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण