संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा अहिले धेरै कुराहरू रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए । एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिस्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरवलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए । दण्डहीनता दिनप्रतिदिन बढिरहेको समेत उनले बताए ।
सांसद कोइरालाले भने, ‘राजनीतिमा अहिले धेरै कुरा छन् । ती कुरालाई ध्यानमा दिएर यो सरकार, जो अहिले सरकार छ । नेपाली कांग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि सरकारमा छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । किनभने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ ।’
नेता कोइरालाले खबरदारी नगरे नेपाली कांग्रेस अप्ठ्यारोमा पर्ने समेत बताए । उनले भने, ‘यो सरकारले तीन वटा कुरा खासगरीः संविधान पुनरवलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन वास्तवमा छैन भने पनि हुन्छ । सुशासन दिलाउनलाई कन्जुस्याइँ नगरौँ । भ्रष्टाचारको म कुरा गर्दिन । दण्डहीनता बढेको बढ्यौ छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जान सक्छौँ भन्ने मलाई विश्वास छ ।’
सांसद कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठुलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए । नेपाल आफ्नै खुट्टामा उभिन सक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण