चार देशीय टी–२० शृङ्खला
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक
शनिबार, ३० चैत २०८१, १२ : १७
काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेल वर्षा कारण रोकिएको छ ।
वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे । त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका छन् । नन्दन यादवले १ विकेट लिएका छन् ।
नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । २ खेलमा नेपालले ४ अंक बटुलेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।
तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि भिड्नेछन् । दुवै खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण