बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
काभ्रे । बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ । दोस्रो संस्करणको बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुर महानगरपालिकाले जितेको हो ।
शनिबार भएको फाइनल खेलमा ३–० को सोझो सेटमा प्रोफेश्नल कन्सल्टेन्सी नमोबुद्धलाई पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुर महानगरपालिकाले नगद एक लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता प्रोफेश्नल कन्सल्टेन्सीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
तेस्रो स्थानमा समेटिएको टिपटप न्यु डायमन्ड स्पोट्र्स क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा वेस्ट प्लेयरको उपाधि ललितपुर महानगरकी अञ्जना खड्काले प्राप्त गरिन् । वेस्ट सेटर कविता राई, वेस्ट लिबेरो गिरिश्मा गुरुङ, वेस्ट स्पाइकर रोमा महतो, वेस्ट ब्लकर निर्मा चौधरी र वेस्ट सर्भरको उपाधि नेहा चौधरीले प्राप्त गरिन् ।
प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । विजयी टिम तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् पुर्वमन्त्री गोकुल बाँस्कोटा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल लगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण