यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
काठमाडौँ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ को नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै नीतिको लुक्स बाहिर ल्याएको हो ।
नीति मुस्कुराएकी पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको बुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन । फिल्मलाई लिएर नीति शाह निकै नै उत्साहित छिन् ।
उनले नायक राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको बताएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभजंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म ‘नरसिंहाः अवतार’लाई लिएरदर्शकहरु निकै नै उत्साहित छन् । फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण