चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
काठमाडौँ । हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।
शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।
वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अङ्क बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई आठ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई छ विकेटले हराएको थियो । उता कुवेतले शनिबार बिहान भएको खेलमा कतारलाई छ विकेटले हराउँदै चार अङ्कसहित फाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण