वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि सर्वपक्षीय बैठक डाकिएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि सर्वदलीय बैठक डाकिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आजै बिहान साढे १० बजेदेखि बस्ने गरी सर्वपक्षीय बैठक बोलाइएको हो । बैठकका लागि बोलाइएका प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
स्थानीय प्रशासनले शनिबार साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।
शोभायात्रामा सहभागीहरूले भने मुस्लिम समूहले मस्जिदबाट ढुङ्गा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाइएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण