वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक

वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि सर्वपक्षीय बैठक डाकिएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि सर्वदलीय बैठक डाकिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आजै बिहान साढे १० बजेदेखि बस्ने गरी सर्वपक्षीय बैठक बोलाइएको हो । बैठकका लागि बोलाइएका प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
स्थानीय प्रशासनले शनिबार साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।
शोभायात्रामा सहभागीहरूले भने मुस्लिम समूहले मस्जिदबाट ढुङ्गा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाइएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित