इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी

गाजा । हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य अस्पतालमा क्षति पुगेको जानकारी दिएको छ । चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको हमासले दाबी गरेको हो। अनलाइन पोस्ट गरिएका भिडियोहरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल(अहली ब्याप्टिस्ट अस्पतालबाट ठुलो आगो र धुवाँ निस्किरहेको देखिएको छ।
भिडियोमा केही बिरामीहरूसहित धेरै मानिसहरू घटनास्थलबाट भागिरहेको देखिन्छ। हमासले यो आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ। एक स्थानीय पत्रकारले आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) ले एक डाक्टरलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको बताए। नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कोही हताहत भने भएका छन्।
एक स्थानीय पत्रकारले इजरायली सेनाका एक अधिकारीले आपत्कालीन विभागका डाक्टरलाई बोलाएको बताए। पत्रकारका अनुसार ती अधिकारीले तुरुन्तै अस्पताल खाली गर्न भनेका थिए। –बीबीसी