इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
गाजा । हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य अस्पतालमा क्षति पुगेको जानकारी दिएको छ । चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको हमासले दाबी गरेको हो। अनलाइन पोस्ट गरिएका भिडियोहरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल(अहली ब्याप्टिस्ट अस्पतालबाट ठुलो आगो र धुवाँ निस्किरहेको देखिएको छ।
भिडियोमा केही बिरामीहरूसहित धेरै मानिसहरू घटनास्थलबाट भागिरहेको देखिन्छ। हमासले यो आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ। एक स्थानीय पत्रकारले आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) ले एक डाक्टरलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको बताए। नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कोही हताहत भने भएका छन्।
एक स्थानीय पत्रकारले इजरायली सेनाका एक अधिकारीले आपत्कालीन विभागका डाक्टरलाई बोलाएको बताए। पत्रकारका अनुसार ती अधिकारीले तुरुन्तै अस्पताल खाली गर्न भनेका थिए। –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण