दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
काठमाडौँ । दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा निर्देशक लिङ्देन स्वयंको लेखन छ भने कविता राई लिङ्देनको लगानी रहनेछ । नेपालका विभित्र जातजातिको संस्कार र संस्कृतिमा फिल्म आधारित रहने जनाइएको छ ।
काठमाडौँ, नेपालको पूर्वी जिल्ला र अमेरिकामा छायाङ्कन हुने फिल्ममा सञ्जीव थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ती, निस्मा जिमी, सूर्य सिम्खडा, शम्भु फोम्बो लगायतको अभिनय रहनेछ ।
नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् । यसमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व निर्देशन, जनक कार्कीको नृत्य निर्देशन, सम्राट् कार्कीको छायाङ्कन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण