न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
आइतबार, ३१ चैत २०८१, १६ : ३६
अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुने भएको छ । न्युजिल्याण्ड नेपाल सोसाइटीले आयोजना गर्न लागेको यो कार्यक्रम शुक्रबार (अप्रिल १९) मा स्थानीय समय अनुसार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सोसाइटीका सहसचिव प्रमेश देवकोटाले कार्यक्रममा ५ हजारभन्दा बढीको सहभागिता हुने बताए । ‘न्युजिल्याण्डमा नेपालीहरू सहभागी हुने यो सबैभन्दा ठुलो कार्यक्रम हुनेछ,’ देवकोटाले भने ।
कार्यक्रममा नेपालको संस्कृति,सभ्यता खाना,संगीत र कलालाई अनुभव गर्ने अवसर हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा न्युजिल्याण्डका सांसददेखि स्थानीय नेताहरूको पनि सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण