‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
काठमाडौँ । सात वर्षदेखि अनुमतिबिनै सञ्चालनमा रहेको भन्दै ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ पाटन उच्च अदालत पाटनमा रिट दायर भएको छ ।
काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’मा कानुनमा स्नातक तहमा अध्ययनत आयुश बडाल, सुजन बास्तोला र दीक्षित पोखरेल लगायतले परमादेशको माग सहित रिट दर्ता गरेका हुन् ।
राज्यको कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालनमा रहेको र संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी हकको समेत हनन भएको रिटमा दाबी गरिएको छ ।
रिटमा कलेजको बदमासी र नियामकको फितलो नियमनका कारणले निर्दोष विद्यार्थीहरू पीडित भएकाले सरोकारवाला निकायले एक आपसमा समन्वय गरी अन्य शैक्षिक संस्थाबाट वैकल्पिक रूपमा परीक्षा लिएर वा कानुन बमोजिम अन्य प्रक्रिया पुर्याएर विद्यार्थीलाई समकक्षता प्रदान गर्न समेत माग गरिएको छ ।
साथै एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीका कारणले पीडित भएका विद्यार्थीहरूलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण