नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
आइतबार, ३१ चैत २०८१, २१ : ३७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ सालको शुभकामना दिएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिएका हुन् ।
त्यसअवसरमा उनले २०८२ साल नयाँ अवसर र चुनौती लिएर प्रस्तुत भएको बताए । जनताको अधिकारलाई ऐतिहासिक रुपमा सुनिश्चित गरेको संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोजिरहेको बताए ।
सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए ।
उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण