जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रमा देशभरका विद्यालयमा पाठ्पुस्तक उपलब्धताको स्थिति मूल्याङ्कन गरी यसलाई थप प्रभावकारी बनाउन आगामी वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गर्ने भएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले हाल देशभरका एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको सङ्गठनात्मक सञ्जालमार्फत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको र त्यसको थप प्रभावकारिताका लागि देशव्यापी अनुगमन गरिने जानकारी दिए । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, पुस्तक व्यवसायी सङ्घ र अभिभावक सङ्घलगायतका प्रतिनिधि रहनेगरी केन्द्रीय अनुगमन संयन्त्र तयार गरिएको उनले बताए ।
‘हाल देशभरका विद्यालय, स्थानीय तह, जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ, पुस्तक व्यवसायी सङ्घ, अभिभावक सङ्घलगायत सरोकारवालाहरूबीच आपसी समन्वयमा पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता गरिएको छ । यसलाई थप प्रभावकारी बनाउन वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गरिने छ । जसले पाठ्यपुस्तक उपलब्धताको स्थिति र अन्य समस्याको पहिचान गरी आवश्यक सहजीकरण गर्नेछ’, प्रबन्ध निर्देशक पौडेलले भने ।
केन्द्रले यही चैत मसान्तसम्म देशका ७७ वटै जिल्लामा ८० लाख थानभन्दा बढी पाठ्यपुस्तक बिक्रि वितरण भइसकेका, अधिकांश हिमाली तथा पहाडी जिल्लामा पुस्तक पुगिसकेका र सुगम तथा तराईका जिल्लाहरूमा निरन्तर बिक्रि वितरण भइरहेको जानकारी दिएको छ । आफ्नो जिम्मेवारीमा रहेका विद्यालयस्तरीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्र सुरुआतसँगै विद्यार्थीको हातहातमा पुर्याउने सुनिश्चितता गरिएको र त्यसका लागि आफ्ना सम्पूर्ण संयन्त्र क्रियाशील रहेका केन्द्रले जनाएको छ ।
नेपाल सरकारले केन्द्रलाई कक्षा एक, दुई र चारबाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा बिक्री विरण गर्ने जिम्मेवारी दिएको छ । ती तीन वटा कक्षाका पाठ्यपुस्तक उत्पादन गर्ने जिम्मा भने निजी क्षेत्रलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण