मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : अध्यक्ष यादव
सोमबार, ०१ वैशाख २०८२, ०६ : ३८
_7HBrQmsQ2a.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त उनले भनेका छन्, “नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाइचारा, दिगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने हार्दिक कामना गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता