भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
काठमाडौँ । भारतीय वायु सेनाको एउटा विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार भएको छ । ‘साइबर हमला’ गरेर विमानलाई गलत बाटो पठाउने प्रयास भए पनि पाइलटको सुझबुझले सम्भावित दुर्घटना टरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
म्यानमारमा भूकम्प पीडितका लागि राहत सामग्री बोकेर जाँदै गरेको अवस्थामा वायु सेनाको विमानको ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गरिएको बताइन्छ । ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गर्दा पाइलटलाई सही गन्तव्य पहिल्याउन कठिन हुन्छ र विमानले बाटो बिराउने गर्दछ । यसबाट दुर्घटनाको जोमिख पनि हुने गर्दछ ।
साइबर हमला कसले गरेको हो भन्ने खुल्न सकेको छैन । भारतीय वायु सेनाका पाइलटले तत्कालै ‘ब्याकअप सिस्टम’ प्रयोग गरी विमानलाई आफ्नो गन्तव्यमा पुर्याउन सफल भएको बताइन्छ ।
उक्त घटना कहिले भएको हो भन्नेबारे खुलाइएको छैन । यद्यपि भारतले २९ मार्च मा राहत सामग्रीको पहिलो खेप म्यानमार पठाएको थियो । त्यतिबेला ‘सी–१३० जे’ विमान पठाइएको थियो । त्यसपछि पनि ‘सी–१३० जे’ र ‘सी–१७ ग्लोबमास्टर–३’ विमानले पटक–पटक राहत सामग्री लगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण