धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
कैलाली । नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन् ।
‘अब धनगढी दौडिन्छ”, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै ७५ हजार नगद पुरस्कार प्राप्त गरे । खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
त्यसैगरी त्रिभुवन आर्मी क्लबकै राजन रोकाया उपविजेता भए । उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरे । रोकायाले ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्रसिंह रावत तेस्रो भए । रावतले नगद २५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी आयोजकले तीन विधामा गरेको हाफ म्याराथनको कर्पोरेट महिला तर्फको विधामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्वितीय र शान्ता वली तृतीय भइन् । पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्वितीय र चन्द नाथ तेस्रो भए ।
उनीहरुलाई नगद पुरस्कार क्रमशः सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण