धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा चेन्नई सुपर किङस सर्वाधिक सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । यी पाँचवटै उपाधि चुन्नईले महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो ।
तर, आईपीएलको १८औँ संस्करणमा भने चेन्नईको प्रदर्शन निकै निराशाजनक छ । आईपीएलका सर्वाधिक सफल कप्तान धोनी अहिले पनि चेन्नईमै छन् । तर, उनी कप्तानको भूमिकामा छैनन् । सोमबार राति खेलिएको खेलमा भने उनी कप्तानीको भूमिकामा मैदानमा ओर्लिएका थिए ।
लामो समयपछि उनले कप्तानी गरेको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले हरायो । चेन्नईको जितमा कप्तान धोनीले अविजित २६ रनको योगदान गरे ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा सातौँ नम्बरमा क्रिज समाल्न आएका धोनीले केवल ११ बलमा एक छक्का र चार चौका हिर्काउँदै चेन्नईलाई जितसम्म पुर्याए । त्यसअघि धोनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए । उनको त्यो निर्णय पनि सही सावित भयो ।
पहिले ब्याटिङ गरेको लखनउले सात विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफमा चेन्नईले १९.३ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पार गर्यो । उक्त खेलमा धोनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।
योसँगै धोनी आईपीएलको इतिहासमा प्लेयर अफ दि म्याच घोषित हुने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । धोनीले ४३ वर्ष दुई सय ८१ दिनको उमेरमा प्लेयर अफ दि म्याच अवार्ड पाएका हुन् ।
धोनीले आईपीएलमा यसअघि सन् २०१९ मा प्लेयर अफ दि म्याच अवार्ड जितेका थिए । सोमबार राति प्लेयर अफ दि म्याच अवार्ड पाएपछि आफू आश्चर्यचकित भएको धोनीले बताएका छन् । उनले प्लेयर अफ दि म्याचको असली हकदार बलर नुर अहमद रहेको बताए ।
‘नुर अहमदको उत्कृष्ट बलिङका कारण नै हामीले आज यो खेल जितेका हौँ । उनले विकेट लिन नसके पनि निकै किफायती बलिङ गरे । त्यसैले प्लेयर अफ दि म्याचको पुरस्कारको हकदार उनी हुन्,’ धोनीले भने । नुर अहमदले चार ओभरमा केवल १३ रन खर्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण