नेविसंघको अध्यक्ष पदमा नरेश भट्टद्वारा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलालीको धनगढी घर भएका डाक्टर भट्टले आउँदै गरेको १२ औं महाधिवेशनमा अध्यक्षको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
नेविसंघको केन्द्रीय सदस्य समेत रहेका भट्टले काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पुरा गरेका हुन् भने नेपाल ल क्याम्पसका कानुन विषय समेत अध्ययन गर्दै आएका छन् । उनकै नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षा भित्रका विभिन्न बेथितिको अन्त्य भएको उनको दाबी छ ।
चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित राख्न सफल भएका थिए । त्यस्तै नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्व समेत गरेका थिए ।
काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिकामा समेत रहिसकेका छन् ।
डाक्टर भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन् । आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण