शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् । १४ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले शिक्षकमा मागमा सरकार गम्भीर नहुनु आश्चर्यजनक विषय भएको बताए ।
सरकार गम्भीर नहुँदा नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै शैक्षिक हडताल घोषणा गरेको छ । जसले गर्दा एसईईको उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर कदम चालेका छन् ।
शिक्षकको आन्दोलनका कारण ठुलो क्षति पुगेको बताउँदै यो विषयलाई गम्भीरतापूर्वक लिई अविलम्ब निकास दिन सरकारलाई आग्रह गरे ।
आफ्नो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद भएको उनको भनाइ छ ।
शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठुलो भूल हुने समेत बताए । आन्दोलन जति लम्बिँदै गयो, शैक्षिक क्षेत्रले त्यति नै ठुलो क्षति बेहोर्नुपर्ने उनको भनाइ छ ।
सरकारले शिक्षकको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण