नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
काठमाडौँ । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय जुडो संघ र नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघले वैशाखको पहिलो साता ‘नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप’ र ‘नेकोस प्रथम पारा जुडो च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकारसम्मेलनमा दिइयो । प्रतियोगिता नेपाल जुडो महासंघको प्राविधिक सहयोगमा आयोजना हुनेछ ।
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप नेपालका अतिरिक्त भुटान र थाइल्यान्डको खेलाडीको पनि सहभागिता पक्का भइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट विभिन्न जिल्लाका अतिरिक्त काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो र विद्यालयका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ११ वटा तौलसमूहमा भिडन्त हुनेछ ।
आगामी नोभेम्बरमा आयोजना हुने ‘डिफ ओलम्पिक’ का लागि पनि यही प्रतियोगितामार्फत दुईजना खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठका अनुसार, ‘डिफ ओलम्पिक’ का लागि पुरुषतर्फ ६० केजीभन्दा मुनिको तौलसमूहबाट र महिलातर्फ ५२ केजीभन्दा मुनिको तौलसमूहबाट खेलाडी छनोट गरिने छ ।
प्रतियोगिताको अनुमानित बजेट १४ लाख ९० हजार रहेको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्ने बताइएको छ ।
खेलाडीहरुका लागि पाँच लाख रुपैयाँ बराबरको दूर्घटना बिमा पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाबाट जलेश्वर जलमग्न
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण