बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
मङ्गलबार, ०२ वैशाख २०८२, १५ : १८
बुटवल । जिल्ला प्रशासन कार्यालय दाङले बबई नदीमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज आदेश जारी गर्दै मोटरबोट दर्ता नगरेसम्म सञ्चालन गर्न नपाउने आदेश दिएका हुन् ।
पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी बोटिङ गरेको र नदीमा समेत पानीको बहाव रोकिएको प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा मान्छेको भीड हुँदासमेत जोखिम बढेको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ को अधिकार प्रयोग गरी रोक लगाएको प्रशासनले उल्लेख गरेकाे छ।
मोटरबोट सञ्चालनपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण