बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
मङ्गलबार, ०२ वैशाख २०८२, १५ : १८

बुटवल । जिल्ला प्रशासन कार्यालय दाङले बबई नदीमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज आदेश जारी गर्दै मोटरबोट दर्ता नगरेसम्म सञ्चालन गर्न नपाउने आदेश दिएका हुन् ।
पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी बोटिङ गरेको र नदीमा समेत पानीको बहाव रोकिएको प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा मान्छेको भीड हुँदासमेत जोखिम बढेको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ को अधिकार प्रयोग गरी रोक लगाएको प्रशासनले उल्लेख गरेकाे छ।
मोटरबोट सञ्चालनपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास