३ जना मृतावस्थामा फेला
मङ्गलबार, ०२ वैशाख २०८२, १७ : ०४

काठमाडौं । काठमाडौसहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नुवाकोटको बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-४ स्थित चिहानडाँडा सामुदायिक वनको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६ वर्षीया तारा कुमारी कार्की पनि सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सबै घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा
-
गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
-
मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा
-
रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा, रवि लामिछानेबारे के भन्यो ?
-
‘डोल्पो ओ डोल्पो’ नियात्राको सांस्कृतिक अध्ययन
-
थानकोटमा सवारी दुर्घटना : भारतीय कार घरमा ठोक्कियो