‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
मङ्गलबार, ०२ वैशाख २०८२, १८ : ०७

काठमाडौँ । उच्च अदालत पाटनले ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’विरुद्धको रिटमा लिखित जवाफ मगाएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश गरेको हो ।
आइतबार काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’मा कानुनमा स्नातक तहमा अध्ययनत आयुश बडाल, सुजन बास्तोला र दीक्षित पोखरेल लगायतले परमादेशको मागसहित रिट दर्ता गरेका थिए । राज्यको कुनै पनि निकायबाट अनुमति नलिई ७ वर्षदेखि सञ्चालनमा रहेको र संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी हकको समेत हनन भएको रिटमा दाबी गरिएको थियो ।
उच्चले निवेदकहरुसाग पनि १५ दिनभित्र सबुद प्रमाण पेस गर्न आदेश गरेको छ ।
यस्तै अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइ छलफल गर्न उपयुक्त हुने भन्दै अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो