‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
मङ्गलबार, ०२ वैशाख २०८२, १८ : ०७
काठमाडौँ । उच्च अदालत पाटनले ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’विरुद्धको रिटमा लिखित जवाफ मगाएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश गरेको हो ।
आइतबार काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’मा कानुनमा स्नातक तहमा अध्ययनत आयुश बडाल, सुजन बास्तोला र दीक्षित पोखरेल लगायतले परमादेशको मागसहित रिट दर्ता गरेका थिए । राज्यको कुनै पनि निकायबाट अनुमति नलिई ७ वर्षदेखि सञ्चालनमा रहेको र संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी हकको समेत हनन भएको रिटमा दाबी गरिएको थियो ।
उच्चले निवेदकहरुसाग पनि १५ दिनभित्र सबुद प्रमाण पेस गर्न आदेश गरेको छ ।
यस्तै अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइ छलफल गर्न उपयुक्त हुने भन्दै अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण