शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्राध्यक्ष गोष्ठी रोक्न शिक्षा विकास तथा समन्वय ईकाइ रौतहटलाई पत्र पठाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत जयप्रकाश कुशवाहाले कक्षा १२ वार्षिक परीक्षाको केन्द्राध्यक्ष गोष्ठी रोक्न मंगलबार शक्षा विकास तथा समन्वय ईकाइ रौतहटलाई पत्र पठाइएको बताए ।
शाखा अधिकृत कुशवाहाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा तहाँको मिति २०८१/१२/२९ गते च.नं.९३६ को पत्रानुसार रा.प. बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर (कक्षा ११ र १२) द्वारा २०८२ वैशाख ११ गतेदेखि ऐ.२४ गते सम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने भएकोले त्यस जिल्लामा निर्धारण गरिएको परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुको अभिमुखिकरण गोष्ठी २०८२ साल वैशाख ३ गते गर्न तोकिएको हुदा देशमा हाल शिक्षक महासंघको विरोधका कार्यक्रम चलिरहेकोले विषम परिस्तिथीका कारण हाललाई उक्त कार्यक्रम स्थगित गरि दिनुहुन निर्देशानुसार अनुरोध छ ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरू १४ दिनदेखी आन्दोलनरत छन् ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले मंगलवार पनि माईतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण