घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा हङ्कङको सामना गर्नेछ । खेल काठमाडौको मुलपानी क्रिकेट मैदानमा विहान ०९ः३० बजे सुरु हुनेछ ।
यसअघि आफूले खेलेको दुबै खेलमा नेपाली टोली विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले ओमानलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपका लागि यो छनोट प्रतियोगिता खेलिँदैछ । छनोट प्रतियोगितामा पाँच टोली सहभागी छन् ।
नेपाल र अफगानिस्तान हालसम्म अपराजित छन् । चार अंकसहित अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । नेपाल पनि दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेट रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि छ ।
यूएई र हङ्कङले एक–एक खेल खेलेका छन् । यी दुबै टोली पहिलो खेलमा पराजित भएका छन् । दुई खेल खेलेको ओमान पनि दुबै खेलमा पराजित भएको छ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल शनिबार बलियो अफगानिस्तानसँग खेल्नेछ ।
यो प्रतियोगिताबाट अंक तालिकाको पहिलो स्थानमा रहने एक टोली सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ एकदिवसीय विश्वकपको १६औँ संस्करण जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वकप खेल्ने १२ वटा टोलीको टुंगो लागिसकेको छ । जिम्बाबेले आयोजक राष्ट्रका रुपमा विश्वकप खेल्नेछ । तान्जनिया भने अफ्रिकी महादेशबाट विश्वकपमा छनोट भएको हो ।
यसैगरी, साविक विजेता अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डि भने अघिल्लो संस्करणको प्रदर्शनका आधारमा विश्वकपमा छनोट भएका हुन् ।
अमेरिका, एसिया, पूर्वी एसिया–प्यासिफिक र यूरोपबाट विश्वकपमा छनोट हुने चारवटा टोलीको भने टुङ्गो लाग्न बाँकी छ । एसियाली क्षेत्रको नेपालमा जारी छनोट प्रतियोगिताअन्तर्गत बुधबार नै माथिल्लो मुलपानी रंगशालामा अफगानिस्तान र यूएईबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण