अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
काठमाडौँ । आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट खेलमा बुधबार अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि तीन सय ६० रनको विशाल लक्ष्य दिएको छ ।
काठमाडौँको माथिल्लो मुलपानी क्रिकेट रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा केवल चार विकेट गुमाएर तीन सय ५९ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको हालसम्मकै यो सर्वाधिक स्कोर हो ।
अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान खालिद अहमदजाईले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय ३२ रनको योगदान गरे । यस क्रममा उनले केवल एक सय २४ बलको सामना गरी १९ वटा चौका पनि हिर्काए । युजाइरुल्लाह खानले पनि अर्धशतक बनाए । उनले टोलीका लागि ६० रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ७० बलको सामना गरी एक छक्का र सात चौका हिर्काए ।
अफगानिस्तानका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान महबुब खानले पनि अर्धशतक बनाए । उनले टोलीको खातामा अविजित ५९ रन थपे । यस क्रममा उनले केवल ३७ बलको सामना गरी चार छक्का र दुई चौका हिर्काए ।
छैटौँ नम्बरका ब्याट्सम्यान बरकत ईब्राहिमजाइले पनि अर्धशतक बनाए । उनले टोलीका लागि अविजित ६२ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका बरकतले केवल २२ बलको सामना गरी ६ छक्का र तीन चौका प्रहार गरे ।
तेस्रो नम्बरका ब्याट्सम्यान फैसल खान सिनोजादाले पनि टोलीको खातामा ३४ रन थपे । सिनोजादाले ४० बलमा पाँच चौका प्रहार गरे । अफगानिस्तानले अतिरिक्त रुपमा ११ रन पायो । यूएईका बलर युग शर्माले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण