‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
काठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ ।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीर गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारहरुको नृत्य उत्कृष्ट छ ।
फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ ।
चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।
नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि यो फिल्मको चर्चा निकै छ । यो गीतले फिल्मको हाइप अझै उच्च बनाउने विश्वास गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण