सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
बुधबार, ०३ वैशाख २०८२, १७ : २०

काठमाडौँ । सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग ६१ हजार २५९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको हो ।
सो मध्ये यूरिया मल १८ हजार ३१६ मेट रहेको छ । यस्तै, ३० हजार ८०८ मेट डीएपी रासायनिक मल मौज्दात छ भने, १२ हजार १३४ मेट पोटास मौज्दात छ ।
साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामाग्री कम्पनी लिमिटेडले ३०/३० हजार यूरिया मल ल्याइरहेको मन्त्रालयले जनाएको छ । यस्तै ३३ हजार डीएपी मल जेष्ठ पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन