माओवादीले तीन महिनाभित्र मधेश प्रदेशमा सबै तहका समिति गठन गर्ने
काठमाडौँ । माओवादी केन्द्रले मधेश प्रदेशमा तीन महिनाभित्र सबै तहका समिति गठन तथा पुर्नगठन गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको आज महोत्तरीमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैशाखदेखि असारसम्म वडा तहदेखि प्रदेशसम्म सम्मेलन गर्ने, सदस्यता वितरण गर्ने, सदस्यता नविकरण गर्ने र बनेका समितिलाई पुर्नगठन गर्ने तथा समिति नरहेको ठाउँमा नयाँ समिति बनाउने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष जगत यादवले बताए ।
मधेश प्रदेशमा पार्टीभित्र रहेको आन्तरिक विवादका कारण पालिकादेखि प्रदेशसम्मका समितिहरु अस्तव्यस्त छन् । अधिकाँश ठाउँमा समिति नै बनेका छैनन् । प्रदेशमै पटक पटक समिति बनाउने प्रयास भएपनि आन्तरिक विवादको कारण त्यो अगाडि बढी रहेको थिएन ।
जिल्लाहरुमा पनि त्यही अवस्था रहेका छन् । माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई मधेश प्रदेशको इन्चार्ज बनाए पछि संगठनका कामहरु अगाडि बढेका छन् । इन्चार्ज यादवले प्रदेशमा बैठक बसाएर पालिका, जिल्ला तथा प्रदेशहरुको बैठक बसेर समितिहरु बनाउने सहमति गराएका छन् ।
त्यस्तै आज बसेको बैठकले मधेश प्रदेशमा रहेका जनवर्गीय संगठनहरुको संयोजक तोक्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकमा माओवादीले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग अभियानको समिक्षा पनि गरेको छ । त्यस्तै चैत १५ गते काठमाडौँमा भएको जनसभामा मधेश प्रदेशबाट भएको सहभागिताको विषयमा पनि समिक्षा गरेको छ ।
हुलाकी राजमार्गअन्तर्गतको अभियान पूर्णत सफल रहेको र त्यसले संगठनमा एउटा उर्जा थपेको निष्कर्ष बैठकले निकालेको केन्द्रीय सदस्य यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण