बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता

बिहीबार, ०४ वैशाख २०८२, ०८ : १८
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नितिशकुमार गुप्ताले नेपालमा राजतन्त्र फर्किन सम्भव नरहेको जिकिर गरेका छन्। 

नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली कांग्रेस रौतहटले चन्द्रपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

राजावादीहरूले राजतन्त्रको पक्षमा अराजकता प्रदर्शन गर्नुका साथै षड्यन्त्रको चेष्टा  गरेमा पार्टी चुप नबस्ने उनको भनाइ थियो । 

नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखसमेत रहेका उनले सम्पूर्ण गणतन्त्र पक्षधर नेपाली षड्यन्त्रवादीहरूविरुद्ध एकताबद्ध हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप