सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले पर्फमेन्स बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले सरकारका बारेमा छलफल भएको भन्दै पर्फमेन्स अझ राम्रो बनाउनुपर्छ भनेर नेताहरूले राखेको बताए । नेताहरूको धारणामा सबै सहमत भएको पनि उनको भनाइ थियो ।
‘सरकारको पर्फमेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दलहरूबिच अझ बढी समन्वयन र सन्तुलन हुनुपर्यो’, बैठकपछि नेता महतले भने, ‘सरकारले सशक्त रूपमा डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो गर्नुपर्छ भनेर साथीहरूले कुरा राख्नुभयो ।’
कांग्रेस बैठकमा नियुक्ति सरुवा बढुवा लगायतका विषयमा समेत छलफल भएको छ ।
‘गठबन्धनमा समन्वयको आवश्यकता छ, नियुक्तिका कुराहरूमा पनि सन्तुलनमा आवश्यकता पनि छ । सवैका कुरा समेट्नुपर्ने पनि छ’, महतले भने, ‘पार्टीगत आवद्धता भन्दा पनि व्यवसायिक डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।सभापतिले पनि त्यसकै आधारमा हुनुपर्छ भन्ने कुराकानी भइरहेको छ र सहमति जुट्छ भन्नुभएको छ ।’
बैठकमा नेताहरूले सरकारबारे पार्टी नेताहरूको धारणा सम्बन्धित ठाउँमा राख्नुपर्नेमा पनि नेताहरूले जोड दिएका थिए । केही दिनयता कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण