भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
बिहीबार, ०४ वैशाख २०८२, १४ : ५१
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक-दुई ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।
महाशाखाले यतिबेला अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णाली बाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङ सहित हल्कादेखि मध्यम पानी परिरहेको जनाएको छ ।
देशैभरी पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू–भागका थोरै ठाउँहरूमा पानी पर्न सक्ने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण