जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वलाई मान्यता प्रदान गरेको छ ।
आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको उल्लेख गरेसंगै नयाँ नेतृत्वलाई मान्यता दिइएको हो ।
गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि एनओसीको निर्वाचनलाई नेपाल सरकारले अवैधानिक ठहर गरेको थियो ।
नेपाल सरकारले पछिल्लो समय सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशनको अवज्ञा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर निर्वाचन सम्पन्न गरेको भन्दै एनओसी पदाधिकारीलाई कारबाही स्वरूप अध्यागमन विभागमा पत्र लेख्दै विदेश जान रोक लगाउन समेत आदेश दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण